दुई निवर्तमान सांसदको जमानत जफत

दुई निवर्तमान सांसदको जमानत जफत

काठमाडौं । काठमाडौँबाट प्रतिनिधि सभा तर्फ उम्मेदवार रहेका दुई जना निवर्तमान सांसदको जमानत जफत भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र एमाले परित्याग गरेका रामवीर मानन्धर दुबैको जमानत जफत भएको हो ।

सो क्षेत्रमा सदर भएको ३६ हजार ६१ मतमध्ये श्रेष्ठले ६.८ प्रतिशत र मानन्धरले ३.४ प्रतिशत मत प्राप्त गर्नुभयो । सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ । मानन्धर ०७४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी हुनुभएको थियो भने, जसपाका उम्मेदवार श्रेष्ठ ०७४ मा समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com