बारामा यातायात व्यवस्था कार्यालय शुरु

बारामा यातायात व्यवस्था कार्यालय शुरु

बारा । बाराको सदरमुकाम कलैयामा यातायात ब्यवस्था कार्यालय शुरु भएको छ । मधेश प्रदेश सरकारका श्रम तथा यतायात मन्त्री चन्दन सिहले हिजो एक समारोहकाबीच उद्धघाटन गरे ।

खाली रहेको शैक्षिक तालिम केन्द्र कलैयामा कार्यालय शुरुवात गरिएको हो । कार्यालयको उद्घाटन गर्दै मन्त्री सिहले सवारी लाईसेन्सका लागि १० बर्ष र ब्ल्युबुकमा एकचोटी कर तिरेपछि आजीवन कर तिर्नु नपर्ने कामको थालनी प्रदेश सरकारले गर्न लागेको बताए ।

मन्त्री सिंहले सर्व सधारणले भोग्दै आएको बेतिथीलाई अन्त्य गर्दै आफ्नै गाँउठाँउमा कार्यालय संचालन गरी सेवालाई प्रभावकारी बनाउन लागेको बताए । प्रदेश सरकार योजना अन्तर्गत नै सबै जिल्लाबाटै अब यातायात सम्बन्धी सबै काम भएको बताएका छन् । निकट भविष्यमानै बारा जिल्लाबाट अटोमेटिक सेन्सरसहितको आधुनिक ट्रायल सेन्टर शुरु हुने उनले बताए ।

प्रविधिको प्रयोगले आर्थिक अनियमितता कम गर्ने र अनयिमितता हुन नदिन सबै काम गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com