भोजको विषयले बर्दिबास कुटपिट

भोजको विषयले बर्दिबास कुटपिट

महोत्तरी । महोत्तरीको बर्दिबासमा  विवाह भोजको विषयमा विवाद हुँदा जनप्रतिनिधिकै निर्देशनमा हातपात भएकाे आराेप लागेकाे छ ।बिहीबार राति बर्दिबासस्थित वडा न.७ मा वडा अध्यक्ष भोरिल यादवकाे निर्देशनमा उनका ब‌ुबा गंगा यादव र भाइहरु रामस्वाग, राम र रामसुभक यादवले छिमेकी चण्डेश्वर स्वर महतोमाथि हातपात गरेको आरोप लागेको हो ।

पीडित भनिएका चण्डेश्वर महतोको अनुसार वडा अध्यक्षका बुबा र भाइहरुले घरमा नै आएर आक्रमण गरेका हुन् । `हामी घरमा बसिरहेका थियौँ, उनीहरु एक्कासि आएर अन्धाधुन्ध आक्रमण गरे,´  महतोले भने ।

वडा अध्यक्ष भोरिल यादवले भने आफ्ना बुबा र भाइहरु घरमा गएर कुटपिट गरेको आरोप निराधार भएको बताएका छन  । उनीहरुले आरोप लगाएका व्यक्तिमध्ये एउटा भाइ गाउँमा नै नभएको अध्यक्ष यादवको जिकीर छ । `पहिलेदेखि वहाँहरुबीच झगडा भएको थियो । त्यही क्रममा अहिले  भाइ ट्याक्टर चलाएर आउँदा भनाभन मात्र भएको हो,´ अध्यक्ष यादवले भने ।

कुटपिटबाट चण्डेश्वरको टिसर्ट च्यातिएको छ भने पछाडि ढाडमा सामान्य निलडाम समेत रहेको देखिन्छ  ।  उनका भाइ विन्देश्वर महतो र छोरा उमेश महतो पनि छुट्याउने क्रममा सामान्य घाइते भएको प्रत्यक्षदर्शी दिपलाल महतो र रामदेव महतोले बताएका छन ।

अध्यक्ष भोरिल यादव पक्षका अनुसार ११ वैसाखमा चण्डेश्वरकी नातिनिको विवाह भएको थियो । त्योभन्दा अगाडिदेखि महतो (चण्डेश्वर) र गंगा (अध्यक्षका बुबा)बीच खासै राम्रो सम्बन्ध थिएन ।

नातिनिको विवाहमा उन छोराले भोरिल(वडा अध्यक्ष)को घरमा पनि निमन्त्रणा गरे । यहीबाट चण्डेश्वर र गंगाबीच थप विवाद चुलिएको स्थानीयहरुले बताएका छन । गंगाको परिवार किन आएर भोज खाएको भन्दै गाली, बेइज्जत गरेपछि सामान्य भनाभन भएको वडा अध्यक्ष यादवको भनाइ छ । 

घाइते चण्डेश्वर महतोलाई  उपचारको लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घटनाको वििषयमा दुवै पक्षबीच बसेर थप अनुसन्धानलाई अगाडि बढाउने प्रहरीको भनाइ छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com