डडेल्धुरा प्रदेशसभा (क)मा माओवादीका भट्ट विजयी

डडेल्धुरा प्रदेशसभा (क)मा माओवादीका भट्ट विजयी
Sarusluv
Published on
Updated on

डडेल्धुरा। डडेल्धुरा प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनका उमेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनले सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले)का पठानसिंह बोहरालाई दुई हजार नौ सय १७ मतले पराजित गरेका छन्। बोहराले नौ हजार एक सय ९५ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले एक हजार सात सय ५४, राप्रपाका पदमराज जोशीले सात सय ६२ मत पाएका छन्। जम्मा २५ हजार तीन सय ६१ मत खसेकामा एक हजार तीन सय ३६ मत बदर भएको छ।

भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदार पनि हुन्। विभिन्न चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भट्ट निर्वाचित भए मुख्यमन्त्री बन्ने बताउँदै आएका थिए।

भट्ट विसं २०६४, २०७० र २०७४ मा संघीय निर्वाचन लडेका थिए। तीनवटै निर्वाचनमा उनी कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासँग पराजित भएका थिए। यसपटक गठबन्धनका कारण भट्टलाई कांग्रेसको पनि साथ रहेको थियो भने प्रदेशसभा (२) मा स्वतन्त्र उमेदवार डा तारा जोशी अगाडि छन्। उनले गठबन्धनबाट उमेदवार रहेका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पछाडि पारेका छन्।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com