विराटनगर महानगरले आफ्नै लोगो प्रयोगमा ल्याउने

विराटनगर महानगरले आफ्नै लोगो प्रयोगमा ल्याउने

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउने भएको छ।

महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो तयार पार्न सार्वजनिक सूचना महानगरले जारी गरिसकेको छ।

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन्। मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

छनोटमा परेको उत्कृष्ट लोगोलाई १ लाख नगदले पुरस्कृत गरिनेछ। छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ। लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com