
काठमाडौं । पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको बताए।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको ढल्(ब्ल्ऋ, ब्त्च्(ठद्द छण्ण् विमान दुर्घटनाग्रस्त भएको थियो।
काठमाडौंबाट पोखरा पुगेको उक्त विमान घारीपाटनस्थित मानव बस्तीबाट करिब २०० मिटर मात्रै पर सेती नदीको खोँचमा खसेको हो।
विमानमा सवार कुल ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको छ।