यूएईबाट आएको जहाजको शौचालयका नवजात शिशुको शव फेला

यूएईबाट आएको जहाजको शौचालयका नवजात शिशुको शव फेला

काठमाडौ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट आज बुधबार काठमाण्डु आएको एक विमानको शौचालयमा नवजात शिशुको शव भेटीएको छ । आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जानकारी दिएका छन ।

नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन । घटनाको प्रकृति हेर्दा ‘मिस्ड क्यारेज’ भएको जस्तो देखिएको र सोही विमानमा आएकी एक महिला अस्वस्थ छिन् । उनलाई अस्पताल पठाइएको पनि उनले जानकारी दिएका छन ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com