बुद्ध एयरले अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने

बुद्ध एयरले अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने

काठमाडौं । बुद्ध एयरले पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

आगामी जनवरीदेखि सञ्चालनमा ल्याउन थालिएको निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले भारतको बनारसमा नियमित उडान भर्ने तयारी गरेको हो ।

विमानस्थल सञ्चालनमा आएलगत्तै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने छ ।आज कम्पनिले एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ ।

कम्पनीका अनुसार पोखरा–बनारस–पोखरा सातामा ३ दिन नियमित उडान हुनेछ ।हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–बनारस–काठमाण्डौं नियमित उडान भर्दै आएको छ ।

योसँगै बुद्ध एयरले दोस्रो विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहीँ आउँदो जनवरी, २०२३ देखि सञ्चालनमा आउँदै छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com