स्याङ्जा १ (२) मा ६ मतले हारे बुद्धिबहादुर राना

स्याङ्जा १ (२) मा ६ मतले हारे बुद्धिबहादुर राना

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ (२)बाट नेपाली कांग्रेसका उम्मेदवार बुद्धिबहादुर राना (कुमार) झिनो मतले पराजित हुनुभएको छ ।

नेकपा एमालेका सुधीरकुमार पौडेलले १७ हजार ४ सय ४१ मत ल्याउँदा रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गर्नुभएको छ । यो ६ मतको मात्रै फरक हो । आफू झिनो मतले पराजित भएपछि रानाले स्याङ्जामा मतदाताहरु प्रति सदैव साथमा रहने प्रतिवद्धता जनाएका छन् ।

रानाका शुभेच्छुकहरुले भने मतगणनामा धाँधली भएको बताएका छन् । उनीहरुले पुनः मतगणना हुनुपर्ने माग पनि राखेका छन् ।

उहाँको स्ट्याटस यस्तो छ :–

विडम्बनापूर्ण ढंगबाट निर्वाचनमा पराजित हुन पुगेको छु । म छ मतले पराजित भएको छु भने मेरो आठ वटा मतपत्रहरु हराएको जानकारी गराउँदै मलाई यो निर्वाचनको क्रममा साथ र सहयोग दिने सबै सहृदयी मित्रहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। मेरो निर्वाचन क्षेत्रमा रही मलाई मतदान गर्नुहुने साथै मप्रति सद्भाव राख्नु हुने सबै मतदाताहरुप्रति म सधैं ऋणी रहनेछु र मेरो बर्खतले भ्याएसम्म हरपल यश क्षेत्रको विकास र यहाँहरुको सेवामा अनवरत खटिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु। मलाई सबैले सुखदुखमा सम्झिदिनु भएकोमा धेरै नै आभारी हुनेछु ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com