त्रिविको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान

त्रिविको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान

काठमाडौं । विवादित प्रावधानका कारण रद्द गरिएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि पुनः दरखास्त आह्वान गरिएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

समितिले प्रकाशित गरेको सूचनामा ‘समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८०’ बमोजिम इच्छुक र योग्य व्यक्तिलाई दरखास्त दिन भनिएको छ ।

यसअघि पुस २० गते प्रकाशित सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरणसहित पेस गर्न भनिएको थियो । उक्त प्रावधान विवादित बनेपछि समितिले आइतबार नियुक्ति प्रक्रिया रद्द गरिएको सूचना जारी गरेको थियो । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले तीन वर्ष काम गरेको अनुभवसम्बन्धी प्रावधान सच्याएर अर्को सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए ।

सोमबार जारी नयाँ सूचनामा कुनै प्रावधान उल्लेख गरिएको छैन । इच्छुक व्यक्तिलाई कार्यविधिमा उल्लेखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन भनिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com