सुर्खेतमा सुरु भयो नेपाल बारको केन्द्रीय साधारण सभा

सुर्खेतमा सुरु भयो नेपाल बारको केन्द्रीय साधारण सभा

काठमाडौँ । सुर्खेतमा नेपाल बार एशोसियसनको केन्द्रीय साधारण सभा सुरु भएको छ। प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले साधारण सभाको उद्घाटन गरेका छन्।

साधारण सभालाई विधान सभाको रूपमा लिइएको छ। यस पटक आर्थिक वर्ष २०७८-७९ र ०७९-८० गरी दुई वर्षको एकै पटक साधारण सभा भएको हो। साधारण सभामा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीसहित एक हजार बढी बारका प्रतिनिधिको सहभागिता छ।

बारको साधारण सभाकै अवसरमा सुर्खेत काँक्रेविहार, देउती बजै, दैलेख पंचकोशी, कालिकोट तिलागुफा, जुम्ला चन्दनाथ हुँदै मुगु रारा तालसम्मको भ्रमण लगायतका पर्यटन प्रवर्द्धनसँग सम्बन्धित प्याकेजहरू पनि राखिएको जनाइएको छ । साधारण सभाकै अवसरमा कर्णालीको पर्यटन प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू राखिएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com