ओलीलाई चुनौती दिदैँ प्रचण्डले भने तेस्रोपटक प्रधानमन्त्री बनेर देखाउनुस्

ओलीलाई चुनौती दिदैँ प्रचण्डले भने तेस्रोपटक प्रधानमन्त्री बनेर देखाउनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभएको छ ।

आज बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उहाँले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको आरोप लगाउनुभयो ।

उहाँले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै पुन प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभयो ।

प्रचण्डले केपी ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको बताउनुभयो ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com