चन्द्र भण्डारीको दोस्रो संसद यात्रा

 चन्द्र भण्डारीको दोस्रो संसद यात्रा
Mellow Arc Media

काठमाण्डौ । नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवि बनाउनुभएका नेता डा. चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ ।

उहाँ गुल्मी १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

कूल ६९ हजार ६ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गर्नुभयो ।

पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मनुभएका उहाँले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका भण्डारी सङ्घकै महामन्त्री हुनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट उहाँले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गर्नुभएको हो ।

राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्ष भन्दाबढी जेल जीवन बिताउनुभएको छ । यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएका नेता भण्डारी पार्टीको १४ औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार हुनुहुन्थ्यो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com