रुपन्देहीमा बाल विवाह बढ्यो

रुपन्देहीमा बाल विवाह बढ्यो

रुपन्देही । रुपन्देहीमा बाल विवाह गर्ने क्रम रोकिएको छैन ।

नेपालको कानुन अनुसार बालविवाह गर्न नपाइने भए पनि देशभर जस्तै रुपन्देहीमा पनि बाल विवाह हुने क्रम नरोकिएको हो ।

सेतो गुराँस बाल विकास सेवा रुपन्देहीले गरेको सर्वेक्षण अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका तीन वटा वडामा मात्रै १ सय ८० जना विवाहित किशोरी आमाहरू छन् उमेर नपुग्दै गैरकानुनी रुपमा गरेको विवाहको दर्ता नहुने र त्यसपछिका प्रक्रियामा समेत असर भोग्नुपर्ने अवस्था किशोरी आमाहरूको छ ।

१४ वर्षको हुँदा विवाह गर्नुभएका सीता श्रेष्ठले कम उमेरमा विवाह गर्दा धेरै समस्या भोग्नु परिरहेको बताउनुभयो ।

कलिलै उमेरमा विवाह हुनेमा सबैभन्दा बढी दलित तथा विपन्न परिवारका देखिएको सेतो गुराँस बालविकास सेवा रुपन्देहीका प्रमुख सुमित्रा शर्माले जानकारी दिनुभयो । बालविवाह रोक्नका लागि कानुन कार्यान्वयनसँगै यसका असरहरूका बारेमा जनचेतना जगाउन पनि आवश्यक रहेको अधिवक्ता तथा महिला अधिकारकर्मी इन्दिरा आचार्यको भनाइ छ ।

बाल विवाह रोक्नका लागि बुटवल उपमहानगरपालिकाले पनि सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको उपप्रमुख तथा न्यायिक समितिका संयोजक साबित्रादेवी अर्यालले जानकारी दिनुभयो ।

समाजमा बाल विवाह भइरहे पनि प्रहरीमा भने तथ्याङ्क देखिँदैन । जसका कारण नीति तथा कार्यक्रम बनाउन असहज भएको सरोकारवाला बताउँछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com