चितवन १ : रास्वपाका हरि ढकाल निर्वाचित

चितवन १ : रास्वपाका हरि ढकाल निर्वाचित

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत गणनामा ढकाल एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै निर्वाचित भएका हुन् ।

ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् ।

यसैबीच एमाले उम्मेदवार पाण्डेले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ढकाललाई बधाई दिएका छन् ।

उनले निर्वाचनमा आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचन प्रचार प्रसारको क्रममा विरोधीहरुले विगतमा विकास भएन भन्ने भ्रम फैलाएको भन्दै त्यो भ्रम सहि नभएको बताएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com