सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टी तयार

सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टी तयार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने बताएको छ ।

शुक्रवार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाई गरे आफूहरु सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com