सप्तरी २ मा जनमत पार्टीका सीके राउत भारी मतका साथ विजयी

 सप्तरी २ मा जनमत पार्टीका सीके राउत भारी मतका साथ विजयी
Mellow Arc Media

सप्तरी । सप्तरी २ मा जनमत पार्टीले ‘क्लीन स्वीप’ गरेको छ ।

सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको हो ।

बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जयप्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com