हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, एकजना घाइते

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, एकजना  घाइते

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन् ।

घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिनुभयो ।

वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो । उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com