पूर्वी तराईमा चिसोले जनजिवन प्रभावित

पूर्वी तराईमा चिसोले जनजिवन प्रभावित

सुनसरी । पूर्वी तराईमा तीन दिन यतादेखि चिसो बढ्न थालेपछि जनजिवन प्रभावित बन्न थालेको छ । विहानैदेखि हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेको कारण जनजिवन प्रभावित बन्न थाले हो ।

चिसोका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा समेत कमी आउन थालेको छ । घाम नलाग्ने, शित लहरसंगै चिसो हावा चलेर जाडो बढ्न थालेपछि मानिसहरुका घर बाहिर समेत काम विशेषले मात्र निस्कन थालेका छन् । जाडो बढेसँगै सुनसरीको सामुदायिक विद्यालयहरु केहि दिनकालागि बन्द गरिएको छ ।

चिसोका कारण स्वास्थ्य संस्थाहरुमा ज्वरो, निमोनिया, झाडापखाला, रुघाखोकी लगायतका विरामीहरुको आउने क्रम समेत बढ्न थालेको छ । चिकित्सकले चिसोवाट वच्न न्याना कपडा प्रयोग गर्न तथा तातो खानेकुरा खान समेत सल्लाह दिन दिएका छन् ।

चिसोको समयमा मजदुरी गर्ने, जेष्ठनागिरकहरु, असक्त तथा बालबालिकाहरु बढी प्रभावित हुने गरेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com