तोसिमा कार्कीलाई चुनावी प्रचारमा घण्टी नबजाउन आयोगको निर्देशन

तोसिमा कार्कीलाई चुनावी प्रचारमा घण्टी नबजाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले ललितपुर–३ बाट उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो ।

घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबझाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो ।

आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले उम्मेदवारहरुले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com