समृद्धिका लागि काम गर्ने अवसर दिन कांग्रेस महामन्त्री शर्माको अपिल

समृद्धिका लागि काम गर्ने अवसर दिन कांग्रेस महामन्त्री शर्माको अपिल

झापा । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले देश र नागरिकको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गर्नुभएको छ ।

मङ्सिर ४ गते हुने चुनावका लागि घरदैलो अभियानमा क्रममा आज बिहीवार महामन्त्री शर्माले देश र नागरिकको समृद्धिका लागि प्रतिबद्ध भएकाले मतदान गरेर काम गर्ने अवसर दिन आग्रह गर्नुभएको हो । ‘संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् ।’

महामन्त्री शर्माले यस क्षेत्रको सडक निर्माण, सामाजिक रूपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रका काम गरेको उल्लेख गर्दै भन्नुभयो, ‘स्थानीय समस्याका बारेमा म जानकार छु, ती समस्या समाधानका लागेको छु र अझैँ गर्दै जानेछु ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com