कपिलवस्तु ३ मा काँग्रेसलाई अग्रता

कपिलवस्तु ३ मा काँग्रेसलाई अग्रता
Picasa

कपिलवस्तु । प्रतिनिधि सभा तर्फ कपिलवस्तु क्षेत्र नम्बर– ३ मा नेपाली काँग्रेसका अभिषेक प्रताप साहले मतगणनामा शुरुवाती अग्रता लिनु भएको छ ।

२ हजार १९३ मत गणना हुँदा काँग्रेस उम्मेदवार साहले ७९९ मत ल्याउनु भएको छ । त्यस्तै नेकपा एमालेका मंगल प्रसाद गुप्ताले ३६५ मत ल्याएर साहलाई पछ्याउनु भएको छ ।

जनता प्रगतिशिल पार्टीका इश्वर दयाल मिश्रले ३४३,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकास रजौरियाले ४१६ र जनमत पार्टीका नरसिंह चौधरीले ७४ मत ल्याउनु भएको छ ।

कपिलवस्तुमा आइतवार सम्मपन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना आज शुरु भएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com