भोजपुरमा ६४ वर्षपछि निकाल्यो कांग्रेसले जित

भोजपुरमा ६४ वर्षपछि निकाल्यो कांग्रेसले जित

भोजपुर। २०१५ यताका कुनै पनि संसदीय चुनावमा जित निकाल्न नसकेको कांग्रेसले गठबन्धन मार्फत पहिलो पटक नतिजा आफ्नो पक्षमा पारेको छ। रामप्रसाद राई र नारदमुनि थुलुङहरुले २००७ सालमा विद्रोहको बिगुल फुकेको भोजपुरमा ६४ वर्षपछि नेपाली कांग्रेसले जितको स्वाद लिन पाएको छ।

संघमा नेकपा माओवादी केन्द्रका सुदन किराती र प्रदेश ‘क’ तर्फ प्रदेश १ मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई सघाएको कांग्रेसले प्रदेश ‘ख’ भने जित निकालेको छ।

भोजपुर प्रदेशसभा ‘ख’ मा कांग्रेस जिल्ला सभापति पनि रहेका बिनोद बान्तवा बिजयी बने । नेपाली कांग्रेसको तर्फबाट विनोद बान्तवाले १३ हजार ५७९ मत ल्याए त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर कार्की ‘प्रेम’ ले १२ हजार ८२८ मत प्राप्त गरें। यो जितपछि भोजुर कांग्रेसले संसदीय राजनीतिमा आफ्नो उपस्थिति देखाउन पाएको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com