वीरगञ्ज नाकामा पनि भेटिए कोरोना संक्रमित

वीरगञ्ज नाकामा पनि भेटिए कोरोना संक्रमित

पर्सा । वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ । उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन् ।

प्रयोगशाला प्राविधिक साहका अनुसार एक जना नेपाली र एक जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण भेटिएको हो । नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब एक सयभन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि दुवै जना कोलकत्ताबाट रेलको यात्रा गरी आएका थिए । नेपाली नागरिकलाई वीरगञ्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने भारतीय नागरिकलाई भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।

उनीहरुमा लिइएको नमुना जिन सिक्वेन्सीङका लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com