आज थप १२ जनामा कोरोना संक्रमण, १५ जना डिस्चार्ज

आज थप १२ जनामा कोरोना संक्रमण, १५ जना डिस्चार्ज

काठमाडौं । आज नेपालमा थप १२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप १५ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६६ हजार १६ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com