थप २ जनामा कोरोना संक्रमण, ३ डिस्चार्ज

थप २ जनामा कोरोना संक्रमण, ३ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ सय ८३ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित भेटिएका हुन् । यही अवधिमा ३ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ७ हजार ८ सय २ जनाले कोरनाविरुद्ध खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको मन्त्रालयले जनाएको छ ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com