
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ सय ५५ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित भेटिएका हुन् । यही अवधिमा २ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १ जनाको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २ हजार १२ जनाले कोरनाविरुद्ध खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको मन्त्रालयले जनाएको छ ।