थप ५ जनामा कोरोना संक्रमण, ४ डिस्चार्ज

थप ५ जनामा कोरोना संक्रमण, ४ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५४६ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ६८३ नमुनामा भने संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर ४ जना संक्रमणमुक्त्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २९ रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com