
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एक हजार २४९ वटा नमुना परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।