सचिवको ब्यागेज फुटेपछि निगमले सुरु गर्‍यो छानबिन

सचिवको ब्यागेज फुटेपछि निगमले सुरु गर्‍यो छानबिन

काठमाडौँ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको ब्यागेज फुटेको विषयमा छानबिन सुरु भएको छ । नेपाल वायुसेवा निगमले सचिव दुवाडीको ब्यागेज फुटेको विषयमा छानबिन सुरु गरेको हो ।

सोमबार सचिव दुवाडी काठमाडौँबाट दिल्ली उडानका क्रममा आफ्नो ब्यागेज फुटेको ट्विटर मार्फत जानकारी गराएका छन् । उक्त घटनाबारे जानकारी पाएपछि छानबिन सुरु गरिएको निगमले जनाएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा निगमलाई मेन्सन गरेर सचिव दुवाडीले लेखेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्‍यो । यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला, मैले मेरो सामान बोक्न अब डोको खोज्नुपर्‍यो ?’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com