इलाम २ मा मतगणना जारी

इलाम २ मा मतगणना जारी

इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी रहेको इलाम नम्बर २ मा मतगणना सुरु भएको छ ।

इलामको सदरमुकामस्थित सिटी हलमा दिउँसोको १ बजेर ४५ मिनेटदेखि मतगणना सुरु भएको हो ।

प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैतर्फको र यही क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत गणना एकै पटक सुरु गरिएको छ ।

इलामको प्रतिनिधिसभा क्षेत्र २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेकोमा ६९ हजार ४ सय ८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का चर्चाका उम्मेदवार हुनुहुन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com