ताप्लेजुङमा मत गणना सुरु

ताप्लेजुङमा मत गणना सुरु

ताप्लेजुङ । ताप्लेजुङमा मत गणना सुरु भएको छ । प्रतिनिधि सभा सदस्यको लागि १ र प्रदेश सभा २ स्थान रहेको ताप्लेजुङमा दिउँसो साढे बजेदेखि मतगणना सुरु भएको हो । मत दुई ठाउँ बनाएर गन्न थालिएको छ ।

एक ठाउँमा जिल्लाको फक्ताङलुङ गाउँपालिका ७ को हिमाली गाउँ याङ्मा र ओलाङचुङगोला मतदान केन्द्रबाट मत गणना सुरु गरिएको हो । जिल्लामा सबैभन्दा थोरै याङ्मामा १२ मत र ओलाङचुङगोलाको ९७ मत खसेको थियो ।

फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ को हिमाली बस्ती घुन्सा र ग्याव्लाका मतपेटिकाहरु खन्याएर मत गणना थालिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com