गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

गुल्मी । नेकपा एमालेका सचिव गोकर्णराज विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको उम्मेदवारी रहेको गुल्मी क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

ईस्मा गाउँपालिका १ अन्तरगत हिमालय मावि केन्द्रबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो ।

मत गणना कसरी गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेपछि गणना सुरु गरिएको हो ।

सर्वदलीय बैठक बस्न ढिलाइ भएका कारण मत गणना गर्न ढिलाइ भएको थियो । गुल्मी क्षेत्र नम्बर–२ मा १ लाख ४ हजार ३ सय २७ मतदाता मध्ये ५८ हजार ७ सय ७३ मत खसेको छ ।

गुल्मी २ मा सत्ता गठबन्धनको तर्फबाट रामकुमारी झाँक्री र एमालेको तर्फबाट गोकर्णराज विष्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com