इलाम १ मा रोकिएको मत गणना पुनः सुरु

इलाम १ मा रोकिएको मत गणना पुनः सुरु

इलाम । इलाम क्षेत्र नम्बर १ मा रोकिएको मत गणना पुनः सुरु भएको छ ।

विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट सहमति भएपछि पुनः मतगणना सुरु भएको हो । एकीकृत समाजवादीका झलनाथ खनालको उम्मेदवारी रहेको यो क्षेत्रमा प्रतिनिधिलाई नसोधी मतपेटिका खोलेको भन्दै विवाद भएपछि मतगणना स्थगित भएको थियो ।

सहमति पत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेसन र स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले हस्ताक्षर गरेका छन् ।

तर सर्वदलीय बैठकमा सहभागी भएको एकीकृत समाजवादीका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com