आज राति ९ बजेबाट मतगणना सुरु : प्रमुख आयुक्त थपलिया

आज राति ९ बजेबाट मतगणना सुरु : प्रमुख आयुक्त थपलिया

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो।

मतदान गरेपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं लगायत तराईका जिल्लाहरू आज राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने बताए। उनले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए।

उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरू संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए।

उनले हिमाली जिल्लामा मतपेटिकाहरू आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिका जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए। प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने उनको भनाइ थियो। उनले मंसिर २२ गते भित्रमा सबै नतिजा आउने बताए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com