काठमाडौँ । जिल्ला अदालत काठमाडौँले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उनीहरूलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो । काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ ।