गठबन्धनलाई निरन्तरता दिने नेकपा एसको निर्णय

गठबन्धनलाई निरन्तरता दिने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने निर्णय गरेको छ ।

चुनावी परिणामबारे छलफल गर्न आज बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको हो ।

‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन्,’ बैठकबारे प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भन्नुभयो ‘तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गरिने जानकारी दिनुभयो । त्यस्तै सरकार गठन पनि सबै नजिता आएपछि मात्रै स्पष्ट हुने बताउनुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com