तीन महिनामा वैदेशिक रोजगारीमा गएका २८० जना नेपालीको मृत्यु

तीन महिनामा वैदेशिक रोजगारीमा गएका २८० जना नेपालीको मृत्यु

काठमाडौं । यो आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीमा गएका २ सय ८० जना नेपालीको मृत्यु भएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार गत साउनदेखि असोज मसान्तसम्ममा वैदेशिक रोजगारीको क्रममा २८० नेपालीको मृत्यु भएको हो । जसमा श्रम स्वीकृति लिएर गएका २ सय ७१ जना पुरुष रहेका छन् भने ९ जना महिला छन् ।

बोर्डको तथ्याङ्क अनुसार सबैभन्दा धेरै साउदी अरब गएकाहरूको मृत्यु भएको हो । साउदी अरबमा मात्रै ७९ जनाको मृत्यु भएको छ भने मलेसियामा ६४ जनाको मृत्यु भएको छ । बोर्डका कार्यकारी निर्देशक डाक्डर द्धारीका उप्रेतीले बिरामी तथा दुर्घटनामा परी उनीहरूको मृत्यु भएको बताउनुभयो ।

बोर्डले ३ महिनाको अवधिमा विदेशमा मृत्यु भएका मध्ये २ सय ७३ वटा शव आफन्तलाई बुझाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com