मकवानपुर १ बाट राप्रपाका दीपकबहादुर सिंह निर्वाचित

 मकवानपुर १ बाट राप्रपाका दीपकबहादुर सिंह निर्वाचित
Mellow Arc Media

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डीना' र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन्

सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् । कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् ।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपा हेटौंडामा २८ वर्षपछि विजयी भएको हो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com