दिपक मनाङेलाई २५ हजार जरिवाना

दिपक मनाङेलाई २५ हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ ।

निर्वाचनमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

मनोनयन दर्ताको समयमा यस्तो अभिव्यक्ति दिएपछि आयोगले मनाङेलाई कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो ।

मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com