बायोकल–डी र एसभीट औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

 बायोकल–डी र एसभीट औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं । बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल–डी र एसभीट औषधि गुणस्तरहीन पाइएको छ ।

औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सङ्कलन गरिएको नमुना परीक्षणका क्रममा ती औषधि गुणस्तरहीन रहेको पाइएको हो ।

विभागले ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । साथै विभागले सूचना निकालेर बजारमा उपलब्ध गुणस्तरहीन औषधि प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com