उपप्रधानमन्त्री खड्काले गृहजिल्ला पुगेर ‘माटो’ लाई ढोगे

उपप्रधानमन्त्री खड्काले गृहजिल्ला पुगेर ‘माटो’ लाई ढोगे

काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर माटो ढोग्नु भएको छ ।

उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुग्नु भएका खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोग्नु भएको हो ।

विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधान खड्का शनिबार सुर्खेत पुग्नु भएको हो । उपप्रधान एवम् रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने स्पष्ट पार्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com