उपप्रधानमन्त्री श्रेष्ठको मुटुको शल्यक्रिया, स्वास्थ्य स्थिर

उपप्रधानमन्त्री श्रेष्ठको मुटुको शल्यक्रिया, स्वास्थ्य स्थिर

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंगलबार गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका मन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

चिकित्सक अरुण मास्केसहितको टोलीले एन्जियोप्लास्टी गरेको र हाल मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको भट्टराईले जनाएका छन् । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ कोरोनरी आर्टरीको एन्जियोप्लास्टी गरिएको हो ।

मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति मन्त्री श्रेष्ठ गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com