
काठमाडौं । बहुचर्चित काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ ।
गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले रेलमार्गको अध्ययनका लागि काम सुरु गरेको रेल विभागले जनाएको छ ।
अध्ययनका लागि अवधि साढे तीन वर्ष लाग्ने विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताउनुभयो ।
केरुङबाट रसुवागढी हुँदै रेलमार्ग काठमाडौँतर्फ आउने विभागले जनाएको छ । तिब्बतभित्र केरुङबाट माथि एउटा ताल रहेको र त्यहाँबाट छुटिएर यता आउने छ ।
महानिर्देशक बिसुरालका अनुसार नेपालभित्रै ७२ किमी लामो रेलमार्ग बन्ने छ । विसं २०७५ मङ्सिरमा यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो ।