गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न देउवाको आह्वान

गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न देउवाको आह्वान

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।

आज (बिहीबार) अपील जारी गर्दै देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनु आवश्यकता रहेको बताउनुभएको हो ।

‘अहिले कतिवटा सिट संख्यामा कांग्रेस आफैले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन म पार्टीका सबै तहका साथीहरूलाई हार्दिक अपील गर्दछु’, देउवाले भन्नुभएको छ । साथै उहाले सम्पूर्ण मतदाता नेपाली दिदी बहिनी दाजुभाइहरुलाई पनि गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्नुभएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com