गठबन्धनले चुनाव जिते पाँचवर्ष संसद भंग नहुने देउवाको भनाइ

गठबन्धनले चुनाव जिते पाँचवर्ष संसद भंग नहुने देउवाको भनाइ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने बताउनुभएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनले आज नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताउनुभयो।

‘आफ्नो बिरोध हुने बित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे । हामीले त्यसो गर्दैनौं,’ देउवाले भन्नुभयो, ‘हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौ । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।’

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको आरोप लगाउँदै उहाँले गठबन्धनका बारेमा कसैले चिन्ता गर्न नपर्ने बताउनुभयो । समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहने बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com