
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फका निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ।
आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा उक्त प्रणालीका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभएको छ ।
समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गर्नुभयो।
समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिँदै निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्बन्धित सबैमा धन्यवाद व्यक्त गर्नुभयो।
आयोगले गत मंसिर २८ गते सो प्रणालीतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो।