भारतमा कोरोना बढेपछि सीमानाकामा कडाई गर्न जिल्ला प्रशासन कैलालीको निर्देशन

भारतमा कोरोना बढेपछि सीमानाकामा कडाई गर्न जिल्ला प्रशासन कैलालीको निर्देशन

काठमाडौं । भारतमा कोरोना बढेसंगै जिल्ला प्रशासन कार्यालय कैलालीले सीमानाकामा जाँचलाई कडाई गर्न निर्देशन दिएको छ ।

छिमेकी राष्ट्र भारत तथा चीनमा कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण बढ्न थालेपछि सीमानाकाबाट आवत–जावत गर्नेलाई अनिवार्य जाँच गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकले सीमानाकामा जाँचको व्यवस्था कडाईका साथ गर्न निर्णय गरेको छ ।

यस्तै प्रशासनले सीमानाकामा सञ्चालित हेल्थ डेस्कलाई थप जनशक्ति, पूर्वाधार लगायतको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

सीमानाकामा सञ्चालित हेल्थ डेस्कलाई थप जनशक्ति, पुर्वाधार लगायतका व्यवस्थापनमा स्वास्थ्य कार्यालय, धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाले प्रदेश सामाजिक विकास मन्त्रालयसँग समेत समन्वय र सहकार्य गरि प्रभावकारी रुपमा काम गर्नुपर्ने छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com