धोबीखोला किनारका संरचनामा महानगरको डोजर

धोबीखोला किनारका संरचनामा महानगरको डोजर
Published on
Updated on

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरु भत्काएको छ । 

बुधवार काठमाडौं महानगरपालिकाले सो क्षेत्रमा निर्माण गरिएका संरचनाहरु भत्काएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको थियो ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरुले सामान ओसार्न थालेका हुन् । 
 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com