पराजयको त्रासले प्रतिस्पर्धीले अनर्गल प्रचारबाजी गरे : मनिष सुमन

पराजयको त्रासले प्रतिस्पर्धीले अनर्गल प्रचारबाजी गरे : मनिष सुमन

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले निर्वाचनमा पराजयको त्रासले प्रतिस्पर्धीले हदैसम्मको अनर्गल प्रचारबाजी गरेको आरोप लगाउनुभएको छ ।

राजविराजमा सोमवार पत्रकार सम्मेलनमा उहाँले हालसम्म कसैले गर्न नसकेको विकासीय कामहरू तथा राजनीतिक आन्दोलनहरूको उपलब्धिले गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले प्रतिष्पर्धीहरु डराएर भ्रामक प्रचारबाजी गरिरहेको दाबी गर्नुभएको हो ।

‘अस्ति जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले स्पष्ट रूपमा एउटा भिडियो सार्वजनिक गर्दै यहाँका प्रशासनले जसपाको पैसा बोक्छ भन्ने भ्रामक प्रचार गर्नुभयो’ उहाँले भन्नुभयो, ‘केही दिनअघि मात्रै एउटा धार्मिक समूहले धर्मकै नाममा हामीमाथि कुप्रचार गर्नुभयो । सबैलाई थाहा छ, जसपा समाजवाद स्थापना गर्ने, अल्पसंख्यक समुदायको हितमा बोल्ने पार्टी हो

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com